Rule 16
जडीबुटीको संरक्षण तथा व्यवस्थापन
(१) मन्त्रालयले महत्त्वपूर्ण तथा उच्च मूल्यका जडीबुटीको संरक्षण तथा व्यवस्थापन गर्नका लागि प्रजाति विशेष वा एकीकृत रुपमा कुनै क्षेत्रलाई जडीबुटी विशेष क्षेत्र निर्धारण गर्न सक्नेछ।

(२) डिभिजनल वन.अधिकृतले आफ्नो कार्यक्षेत्र भित्र रहेको वनक्षेत्रमा पाइने महत्त्वपूर्ण तथा उच्च मूल्यका जडीबुटीको संरक्षण तथा व्यवस्थापनका लागि प्रजाति विशेष वा एकीकृत रुपमा जडीबुटी पकेट क्षेत्र निर्धारण गर्न सक्नेछ।

(३) डिभिजनल वन अधिकृतले नियम १४ बमोजिमको रणनीतिक योजनाको: अधीनमा रही उपनियम (२) बमोजिमको जडीबुटी पकेट क्षेत्रको स्रोत सर्वेक्षण गरी सोको आधारमा जडीबुटी व्यवस्थापन योजना तयार गर्नु पर्नेछ।

(४) “उपनियम (३) बमोजिमको जडीबुटी व्यवस्थापन योजना प्रदेश वन निर्देशकले स्वीकृत गरेपछि लागू हुनेछ।

(५) उपनियम (४) बमोजिम स्वीकृत भएको जडीबुटी व्यवस्थापन योजनाको कार्यान्वयनका लागि डिभिजनल वन अधिकृतले जडीबुटी व्यवस्थापन समूह गठन गर्न सक्नेछ।

(६) डिभिजन वन कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र रहेको वन क्षेत्रमा जडीबुटीको वृक्षारोपण तथा संरक्षणको उचित प्रबन्ध गर्नु पर्नेछ। (७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (२) बमोजिमको जडीबुटी पकेट क्षेत्र सामुदायिक वन वा साझेदारी वनभित्र पर्ने भएमा सम्बन्धित उपभोक्ता समूहले आफ्नो कार्ययोजनामा जडीबुटीको: संरक्षण तथा व्यवस्थापन सम्बन्धी व्यवस्था समावेश: गरी जडीबुटीको संरक्षण, व्यवस्थापन र सदुपयोग गर्नु पर्नेछ।